काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की बुधबार साँझ स्वदेश फर्किर्एका छन् ।
सर्वोच्च अदालतले योग्यतासम्वन्धी मुद्दा पुनरावलोकन गर्ने फैसला गरेपछि उनी क्यानडा गएका थिए । अदालतलाई म्याद तामेली छल्न उनी विदा थप्दै बसेका थिए ।
पछिल्लो पटक उनी साउदी पुगेका थिए । उनी विदेशमै रहेका बेला अदालतले म्याद तामेली गरेको छ ।
१५ दिनभित्र तारेख बुझ्न उनी वा प्रतिनिधि अदालतमा उपस्थिति हुनु पर्नेछ । म्याद तामेली भएपछि कार्की स्वेदश फर्किएका हुन् ।
Facebook Comments Box