बागलुङ । बागलुङको गलकोटमा बुधबार पिक अप जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।
हटिया बजारबाट मल्म जाँदै गरेको ग १ च १४७३ नम्बरको जिप मल्मको बेसारे डाँडा नजिकै दुर्घटना हुँदा मल्म–८ का ६८ वर्षका कर्णबहादुर खड्काको ज्यान गएको छ ।
दुर्घटनामा चालक रेशका मुमार परियार घाइते भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । घाइते परियारको स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको र टाउकोमा चोट लागेको कारण पोखरा रिफर गर्ने तयारी भइरहेको छ ।
गाडीमै रहेका सहचालक भने हाम फालेर ज्यान जोगाउने क्रममा सामान्य घाइते भएका छन् । उकालो बाटोमा गाडी एक्कासी ब्याक भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनु्मान छ । पिक अप सडकबाट झण्डै २ सय मिटर तल खसेको प्रहरी निरिक्षक अर्जुनध्वज अधिकारीले जानकारी दिएका छन् ।
Facebook Comments Box