भोजपुर । अरुण नदीको निर्माणाधिन पक्की पुल पाँच बर्ष बितिसक्दा समेत सम्पन्न नभएको भन्दै भोजपुरका नागरीकरुहले तुम्लिङ्टार सडक डिभिजन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन् ।

भोजपुर र संखुवासभाको सीमाना भएर बग्ने अरुण नदी माथिको तुम्लिङ्टार लम्छुवा दिङ्ला जोड्ने पक्की पुल निर्माण कार्य अलपत्र परेपछि भोजपुरका नागरीकले एक बर्ष भित्र सम्पन्न हुनेगरी काम थाल्न आग्रह गर्दै दबाव मूलक ज्ञापन पत्र बुझाएका हुन् । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०६८ साल मंसिरमा सिलन्यास भएको सो पुललाई जिल्लाका राजनीतिक दलका नेताहरुले सम्पन्न गराउने भन्दा पनि चुनावि भोट बैङ्कका रुपमा लिएको नागरीकको आरोप रहेको छ ।
विकास विरोधी राजनीतिक दलका नेताहरु बहिस्कार सुरु गरेका नागरीकहरुले तत्काल पुल निर्माण कार्य अगाडी नबढे चरणबद्धरुपमा आन्दोलन गर्ने बताए । निर्माण अलपत्र हुँदा सडक सञ्जालले भोजपुर र संखुवासभा जोड्ने योजना बषौं देखि पूरा हुन सकेको छैन ।
नागरिक अगुवा एवं बुद्धिजिवी सुमन लम्सालको संयोजकत्वमा गएको आम नागरीकहरुको समूहले सडक डिभिजन कार्यलय तुम्लिङ्टारमा ज्ञापन पत्र बुझाउदै एक महिना भित्र जनताले अनुभुति पाउने गरि पुल निर्माण कार्य अगाडी बढ्नु पर्ने बताएको छ । दिएको समय सिमा भित्र पनि आफ्नो मागहरुलाई बेवास्था गर्दै अगाडि बढ्ने कोसिस गरे शसक्त आन्दोलन गर्ने टोलिले चेतावनी दिएको छ ।
बिभिन्न ७ सुत्रिय माग राख्दै संयोजक लम्सालले भने ‘पुल निर्माणका नाममा लापरवाही र कमजोरी गर्नेमाथि कारवाही हुनु पर्छ’ । राष्ट्रपति देखि मन्त्रीहरु भोजपुरका हुदासम्म पुलनिर्माण कार्यले गति लिन नसक्नु अत्यन्तै दुखद पक्ष भएको भन्दै लम्सालले अब नागरीक चुप लागेर नबस्ने बताए ।
पुल निर्माणसंगै सरकारले तय गरेको मध्यपहाडी लोकमार्ग प्रवेश गर्ने, काठमाण्डौं आउने र ढुवानी सरल पर्ने एक मात्र बाटो तुम्लिङ्टार लम्छुवा भोजपुरको भएका कारण भोजपुर र संखुवासभाका नागरीकहरुका लागी पुल अती आवश्यक भएको अर्थशास्त्री सुरेश लम्सालले भने ।