काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ३८ पैसा र विक्रिदर २८ रुपैयाँ ५४ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २३ पैसा र विक्रिदर २९ रुपैयाँ ४० पैसा छ भने युएई दिरहाम एकको खरिददर २८ रुपैयाँ ९८ पैसा र विक्रिदर २९ रुपैयाँ १४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ३७ पैसा र विक्रिदर २५ रुपैयाँ ५२ पैसा तोकेको छ ।
त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४५ पैसा र विक्रिदर ९ रुपैयाँ ५० पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५२ रुपैयाँ छ भने एक बहराइन दिनारको खरिददर २ सय ८२ रुपैयाँ २७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
Facebook Comments Box