काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डमा गएराति भएको बस दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ। मृत्यु हुने धादिङको नलाङ्ग-६ बस्ने २२ वर्षीय राजु बिक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
काठमाडौंबाट भैरहवा जाँदै गरेको लु १ ख ७३९१ नम्बरको बस गएराति साढे ८ बजे चितवनको दाहखानी गाविसमा पर्ने रिग्दी खोला नजिकै त्रिशुली नदीमा खसेको थियो।
दुर्घटनामा ८ जना घाइते भएका छन्। गम्भीर घाईते एक जनालाई उपचारका लागि काठमाडौं ल्याईएको छ भने अन्य घाइतेको भरतपुर मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box