काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा पर्ने रिद्धिखोला ९मा यात्रुबाहक बस त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने आठको जिवितै उद्दार गरिएको जिल्ला प्रहारी कार्यालय चितवनले जनाएको छ ।

चितवन प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बसमा रहेका ८ को जिवितै उद्दार गरिएको जानकारी दिए । एक जनाको भने शब भेटिएको कुँवरले बताए । मृतकको सनाखत हुन बाँकी छ ।
काठमाडौँबाट भैरहवा तर्फ जाँदै गरेको लु १ ख ७३९१ नं को रात्रि यात्रु बस साँझ ८ः४५ बजे त्रिशूलीमा खसेको हो ।
बसको माथिल्लो भाग पानी बाहिर देखिएको र घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको उनले बताए । बसमा कति यात्रु सवार थिए भन्ने विवरण आउन बाँकी छ ।
प्रहरीले बस पानीमा रहेकाले नम्बर समेत खुल्न नसकेको बताएको छ । एसपी कुँवरले रातीको समय भएकाले उद्दारमा कठीनाई भएको बताएका छन् ।
Facebook Comments Box