चितवन । चितवन दाहाखानीको रिद्दिखोलामा यात्रुबस खसेर दुर्घटना भएको छ। काठमाडौँबाट नारायणयढतर्फ जाँदै गरेको यात्रुबस मंगलबार बेलुकी रिद्दिखोला हुँदै त्रिशुलीमा खसेको हो।
दुर्घटनाको विवरण र के कति मानवीय क्षति भयो भन्ने जानकारी आउन बाँकी छ। दुर्घटनास्थलमा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको टोली र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उद्धार गरिरहेको बताइएको छ।
अहिलेसम्म दुर्घटनास्थलबाट ९ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। घाइतेलाई अस्पताल पठाइएको र थप घाइतेको उद्धार भइरहेको चितवनका प्रमुख एसपी वसन्तबहादूर कुवँरले जनाएका छन्।
Facebook Comments Box