काठमाडौं । सर्वोच्च अदालतले लोकमान सिंह कार्कीको नाममा असोज ५ गते जारी भएको म्याद तामेल गर्न तामेलदार शम्भुबहादुर खत्रीले वदनियतपूर्ण काम गरेको र वडा सचिव र खरिदारले सहयोग नगरेको भन्दै कारवाहीको प्रस्ताव गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश इश्वरी प्रसाद खतिवडाको एकल इजालासले यस्तो प्रस्ताव गरेको हो ।
तामेलदार खत्रीले वदनियत गरी काम तामले नगरेको र कामनपा वडा नम्बर १० की अधिकृत सरिता राई र खरिदार भेषराज अर्यालले म्याद तामेल कार्यमा सहयोग नगरी बाधा अवरोध खडा गरेकोले मुलुकी ऐन, १११ नम्बर बमोजिम रु १ हजार जरिबाना र १५ दिन कैद किन गर्न नपर्ने हो ? सजाय गर्नू नपर्ने कुनै आधार र कारण भए ७ दिनभित्र आफैं अदालतमा उपस्थित भै लिखित जवाफ पेश गर्नु भनि सूचना जारी गर्न आदेश दिइएको छ ।
तामेलदार खत्रीसहित अहसयोग गर्ने राई र अर्यालले आफैं उपस्थित भएर अदालतमा स्पष्टिकरण दिने मौका भने पाउनेछन् । उनीहरुको जवाफ चित्त नबुझे अदालतले जरिबाना र कैद सजाय गर्न सक्नेछ ।
सर्वोच्चको आदेशमा अदालतको आदेशको अवज्ञा गर्ने र न्यायिक प्रकृयालाई कानुनका रौं, चिरा, छिद्र खोजी अवरुद्ध गर्ने प्रवृत्तिले कुनै अर्थमा स्थान पाउन नहुने उल्लेख गरिएको छ ।
Facebook Comments Box