
झापा । पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको शिवसताक्षी नगरपालिका–७, दूधेमा सोमबार यात्रुबहाक माक्रो बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय ७ वर्षीय रोज पौडेल छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३ ख ७८७० नम्बरको माइक्रोले उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बुबा श्रीप्रसादको हात समातेर बाटो काट्दै गर्दा उनलाई माइक्रोले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि विर्तामोडको विएण्डसी हस्पिटलमा लाने क्रममा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, झिलझिलेले जनाएको छ ।
सवारी चालक प्रहरीको नियन्त्रणमा छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
Facebook Comments Box