काठमाडौं । २०७३ कात्तिक १६ गतेदेखि लागु हुने गरी अमेरिकी राहदानी र भिसाका लागि आवेदन दिने आवेदकहरूले अमेरिकी राहदानी तथा भिसाका लागि फोटो खिचाउँदा चश्मा फुकाल्नु पर्नेछ ।

फोटो खिचाउँदा हालै शल्यक्रिया गरी आँखाको सुरक्षाको लागि चश्मा लगाउनैपर्ने जस्ता विशेष स्वास्थ्य अवस्थामा मात्रै अमेरिकी राहदानी तथा भिसाका आवेदकहरूले चश्मा लगाउन पाउनेछन् । स्वास्थ्यका कारण चश्मा लगाउनै पर्ने आवेदकहरूले आफ्नो आवेदनका साथ शल्य चिकित्सक वा आँखा रोग विशेषज्ञको हस्ताक्षर भएको पत्र पेश गर्नु पर्नेछ ।
आवेदनको कामकारवाहीमा ढिलासुस्ती नहोस् भन्नका लागि अमेरिकी राहदानी तथा भिसाका लागि फोटो खिचाउँदा आवेदकहरूले चश्मा फुकाल्न जरुरी रहेकाे अमेरिकी राजदुतावासले जारी गरेकाे प्रेस विज्ञप्तीमा भनिएकाे छ ।
Facebook Comments Box