काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा २१ सय भन्दा बढीका लागि जागिरका लागि आवेदन माग गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले सोमबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न २ हजार १ सय १७ पदमा जागिरका लागि आवेदनको माग गरेको हो ।

सेनाले विभिन्न १९ वटा भर्ना केन्द्रबाट आवेदन माग गरेको छ। सेनाले जारी गरेको सूचना अनुसार लेखा जम. क., सहायक पण्डित हूद्दा(सपहू), अमल्दार कर्मचारी, सैन्य, सैन्य ड्राइभर, बन्दोबस्ती कार्य सिपाही, कूचीकार, धोवी, केशकर्तक, वैटर, लोहार लगायतका पदहरूमा आवेदनको माग गरेको छ।
सेनाले भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डामा ५ सय ५६ जनाका लागि आवेदन माग गरिएको छ भने पूर्वी पृतना हेडक्वाटर, ईटहरीका लागि सैन्य पदमा १६० जना, भैरवीदल गण, पाँचथर, फिदिमका लागि ६० जना, कृष्णदल गण, राजविराजका लागि ७५ जना, शेर गण, खोटांङका लागि ६२ जना, मध्य पृतना हेडक्वाटर हेटौडाका लागि १ सय जना, नं. ९ बाहिनी अड्डा, सिन्धुलीका लागि ७५ जना, ईन्द्रबक्स गण, रौतहटका लागि ७५ जना, नन्दाबक्स गण, रामेछापका लागि ६२ जना, पश्चिम पृतना हेडक्वाटर, पोखराका लागि १ सय ५० जना, नं. २२ बाहिनी अड्डा, बुटवलका लागि १ सय जना, पशुपति प्रसाद गण, लमजुङका लागि १ सय जना, नं. ४ बाहिनी अड्डा नेपालगञ्जका लागि १ सय जना, रिपूमर्दन गण, घोराहीका लागि १ सय जनाका लागि आवेदनको माग गरेको छ।
यस्तै, भगवतीदल गण, जुम्लाका लागि ५२ जना, ज्वालाउल गण, जाजरकोटका लागि ६३ जना, सुदूरपश्चिम पृतना हेडक्वाटर, दिपायलका लागि ७५ जना, शिवदल गण धनगढीका लागि १ सय जना, संग्रामशार्दूल गुल्म, बझाङका लागि ५२ जनाका लागि आवेदनको माग गरेको छ। आवेदन दिन चाहनेले आगामी कार्तिक ३० गतेभित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर बुझाएर थप ७ दिनसम्म आवेदन दिन सकिनेछ ।