विर्तामाेड । पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई नगरपालिका-१, जुके कल्भर्टमा यात्रुबहाक बसले सोमबार विहान मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कनकाई नगरपालिका-३ का ६८ वर्षीय तिलविक्रम थेबे र पछाडि सवार अन्दाजी ६० वर्षीय अग्नी भेटवाल रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ३५९६ नम्बरको बसले उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको मे ५ प ३८५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका दु्बैजनाको उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box