
पाँचथर,२६ असोज ।
पत्रकार चिरञ्जिवी घिमिरेलाई समाचार लेखेको भन्दै पाँचथरको यासोकका व्यवसायी महेन्द्र खड्काले ज्यान मार्ने धम्की दिएका छन् । यासोक बजारमा व्यवसाय गर्दै आएका खड्काले फोन गरेर घिमिरेलाई तँ निक्कै ठूलो भइछस्,तँलाई करङ भाँचेर खाडलमा हाल्छु भनेका हुन् । दसैँको अवसरमा स्थानीय नेता र प्रहरीको मदिरा पार्टी भन्ने समाचार लेखेका घिमिरेलाई समाचार हटाउन भनेको र प्रमाणसहित लेखेको हुँ, हटाउँदिन भनेपछि खड्काले ज्यान मार्ने धम्की दिएका हुन् । घिमिरेका बुबा कुमारको मोवाइलमा खड्काले विहान ११ बजेर ५७ मिनेट जाँदा एनसेल नम्बर ९८०७९९१९६३ बाट फोन गरेका थिए । पत्रकार घिमिरेले आफू असुरक्षित भएको भन्दै प्रशासनसँग सुरक्षाको प्रत्याभूत दिलाउन माग गरेका छन् ।
यसैवीच घिमिरेलाई ज्यान मार्ने भनि दिएको धम्कीप्रति प्रेस सेन्टर नेपाल,पाँचथरले आपत्ती जनाएको छ । सेन्टरका सचिव जङ्ग तामाङले समाचारमा चित्त नबुझे खण्डन गर्न सकिने नभए कानुनी प्रक्रिया अपनाउन सकिने विकल्प हुँदा हुँदै समाचार लेखेकै भरमा श्रमजीवी पत्रकारमाथि ज्यान मार्ने धम्कि दिनु प्रेस स्वतन्त्रतामाथि धावा बोलेको भन्दै खेद प्रकट गरेका छन् ।
पत्रकार घिमिरे थाहा मिडिया ग्रुप र झापामा सञ्चालित पाथिभरा एफ.एम.मा पनि कार्यरत छन् ।
Facebook Comments Box