बिर्तामोड,असोज २३ । झापाली समाज युएई क्षेत्रिय समन्वय परिषदको संयुक्त आयोजनामा दशैंको अष्टमीको अवसर पारेर झापाका तीनवटा बृद्ध आश्रमका बृद्ध तथा बृद्धालाई लत्ताकपडा र खाना बितरण गरिएको छ ।
बृद्ध आश्रमको दशैं युएई झापाली समाज युएईसँग भन्ने नाराका साथ शनिबार बिर्तामोडको परोपकार तथा अनुसन्धान केन्द्र बृद्ध आश्रमका १९ जना, सुरुङ्गाको कृष्ण प्रणामी बृद्ध आश्रमका १४ जना र शिवसताक्षी–९ मा रहेको लक्ष्मीनरायण बृद्ध आश्रमका ३७ जना बृद्धलाई दौरारुवाल, बृद्धालाई गून्युचोलोसहित खाना प्रदान गरिएको हो ।
समाजले तीनवटै बृद्ध आश्रममा पुगेर बृद्ध तथा बृद्धालाई सामाग्री बितरण गरेका छन् । उनीहरुले तीनवटै बृद्ध आश्रमका अध्यक्षलाई प्रमुख अतिथि बनाई सामाग्री वितरण गरेको झापाली समाज युएइका सल्लाहाकार सदस्य तथा नेपाल प्रतिनिधि साथै शिवाकोटी मेनपावर बिर्तामोडका सञ्चालक भूपाल शिवाकोटीले जानकारी दिए ।
झापाली समाज युएईका प्रथम उपाध्यक्ष राजेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रमलाई झापाली समाज युएइका प्रवत्ता रामप्रसाद ढुङ्गेल सञ्चालन गरेको अवुदावी क्षेत्रिय समितिका अध्यक्ष हिमाल अधिकारीले बताए । उनले झापा जिल्ला घर भई रोजगारीको सिलसिलामा रहेका युवायुवतीको सहयोगमा सो कार्यक्रम गरेको बताए ।
कार्यक्रममा समाजका कोषाध्यक्ष दुर्गा सापकोटा, रासएलखेमाका क्षेत्रिय अध्यक्ष खगेन्द्र बुढाथोकी, सचिव सुनिल चौहान लगायत युएईबाट आएका एक दर्जनजती केन्द्रीय तथा क्षेत्रिय समितिका पदाधिकारीहरुको उपस्थिति रहेका जनाइएको छ ।