काठमाडौं,असाेज २२ : जिप दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेका भाइ मोहन घिमिरेको शव फेला परेको छ।
दुर्घटना भएको ठाउँभन्दा करिब ३० किलोमिटर तल दासढुंगा नजिकै घिमिरेको शव फेला परेको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए। घिमिरेको साथमा रहेको बैंकको एटिएम कार्डबाट पहिचान खुलेको हो। पोस्टमार्टमका लागि उनको शव काठमाडौं ल्याइने भएको छ।
मुक्तिनाथबाट मुग्लिन हुँदै काठमाडौं आउँदै गर्दा असोज ९ गते साँझ घिमिरे चढेको बा ९ च १५३१ नम्बरको स्कारपियो पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक-३ घोप्टेभीरमा खसेको थियो। पूर्वमन्त्री घिमिरे र उनका अर्का भाइ भने अझै भेटिएका छैनन्। घटनास्थलमै घिमिरेकी ८० वर्षीया आमा चैत्यकुमारी, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको मृत्यु भएको थियो भने गाडी चालक विष्णु राईको घाइते अवस्थामा उद्धार गरिएको थियो।
–पहिलाेपाेष्ट