२२ असोज, सप्तरी । सप्तरीको कंचनरुप–५ स्थित एक हार्डवेयर पसलमा आगलागी हुँदा पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।
स्थानीय अजय रौनियरको हार्डवेयर पसलमा अचानक विद्युत् सर्टभएर आगलागी भएको प्रहरीले जनाएको छ ।
सो आगलागीबाट हार्डवेयर पसलमा रहेका सम्पूर्ण सामान जल्दा पाँच लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कंचनरुपले जनाएको छ ।
आगोलाई स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको दमकलले नियन्त्रणमा लिएको थियो । यस्तै केही दिनयता सप्तरी सदरमुकाम राजविराजमा चोरीको घटना बढ्दै गएको छ । पछिलो पटक राजविराज–१ स्थित हटियामा एउटा मोबाइल पसलमा चोरी भएको छ ।
पाँच-छ जनाको समूहमा आएको चोरले हटियास्थित साझा पुस्तक पसल अगाडि रहेको अमन कम्यिुनिकेसन (मोबाइल पसलमा) लाखौँ मूल्य बराबरको मोबाइल चोरी गरेको पीडितले जनाएका छन् । सो पसलबाट पाँच लाखभन्दा बढीको मोबाइल चोरी भएको बताइएको छ ।