
झिलझिले | नेपालीहरुको महान चाँडहरु नजिकिए संगै आज झापाको पवित्र कन्काई तटमा रहेको माइधार धार्मिक क्षेत्रको सरसफाई गरिएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेको आयोजनामा उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको हो । प्रहरी हाम्रो साथी कार्यक्रमलाई अझ शशक्त बनाउदै, ६१ औ प्रहरी दिवसको अवसर पारेर विभिन्न संघसंस्था, नागरिक समाज, लगायतको उपस्थितीमा कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कुन्द देबले बताउनु भयो ।
सो अवसरमा माइधार क्षेत्रमा रहेका विभिन्न गुम्बा, मन्दिर तथा आसपासमा रहेका अन्य क्षेत्रहरुको सरसफाई गरिएको थियो ।
Facebook Comments Box