विर्तामोड । ६१औं प्रहरी दिवसको अवसर पारेर आज बिर्तामोडमा जनचेतनामुलक दौड प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल प्रहरी कार्यालय झापाको आयेजनामा सम्पन्न कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, जिल्ला ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय बिर्तामोड र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले भाग लिएका थिए ।
मुक्तिचौकबाट सुरु भएको तीन किलोमिटरको दौड प्रतियोगितामा नेपाली सेनाका बुद्धराम तामाङ प्रथम, नेपाली सेनाकै आइजनिक रुचाल द्वितिय र नेपाली सेनाकै बुद्धिराज लिम्बुले तृतिय स्थान हाँसिल गरेका थिए । प्रतियोगितामा एक महिलासहित ७० जनाले भाग लिएका थिए । विजयीलाई मेडल र ट्रफी प्रमुख प्रदान गरिएकाे थियाे ।
Facebook Comments Box