काठमाडौं । मकवानपुरको हाँडीखोला-२ मा बस पल्टँदा ३ जनाको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्।
मकरीबाट हेटौंडा आउँदै गरेको यात्रुबाहक बस बाटोमा पल्टँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार गाडी मोड्ने क्रममा भित्तामा ठोक्किँदा पल्टिन पुगेको थियो।
घाइतेहरूलाई उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box