
फिदिम । रेड पाण्डाका गतिविधिबारे जानकारी लिनका लागि पाँचथर जिल्लाका विभिन्न गाविसमा रहेको वन अभिभावकहरुलाई मोवाईल प्रदान गरिएको छ ।
मोवार्इल एपबाट गतिविधि अध्ययनका लागि जिल्लाका ६ गाविसमा एनड्रोइड मोवाईल प्रदान गरिएको हो । १२ जना अभिभावकलाई तालिम पश्चात ६ वटा मोवाइल दिइएको हो ।
पाइलोटिङको क्रममा मोवाईल लिइएको बताइएको छ । रेडपाण्डाको गतिविधि मोवाइलमा रेकर्ड गरी इन्टनेट कनेक्सन गरिने छ । रेडपाण्डा नेटवर्क र दीप ज्योती युवा क्लवले मोवाइल प्रदान गरेका हुन् ।
जिल्लाका ६ गाविसमा सामुदायिक रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन भएको दीप ज्योती युवका क्लवका निर्देशक सुनिल वान्तवाले जानकारी दिए ।
अभिभावकहरुलाई तालिम सहजिकरण रेडपाण्डा नेर्टवकका पेमा सेर्मा, क्लवको कार्यक्रम संयोजक निलम कार्कीले गरेका थिए ।
Facebook Comments Box