दूधे । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. दूधे शाखाले स्थानीय जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सहकारीमा सदस्य भएर दुई वर्ष पुरा भएका ७० वर्षभन्दा माथिका १३ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
आफ्ना बृद्ध सदस्यहरुको मनोबल उच्च राख्न र सम्मान स्वरुप सम्मान गरिएको नेपाल बहुद्देश्यी सहकारी संस्था दूधे शाखाका संयोजक दुर्गाप्रसाद भट्टराईले बताए । उनीहरुलाई खादा तथा अविर लगाएर सम्मान गरिएको थियो भने उनीहरुलाई खानाको राम्रो व्यवस्था मिलाइएको थियो ।
सम्मान कार्यक्रम सञ्चालक समिति सदस्य भगवती घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला समिति झापाका उपाध्यक्ष तारासम यङ्या ज्येष्ठ नागरिक दिवाकर लामिछानेलगायतले बोलेका थिए ।
Facebook Comments Box