जाजरकोट । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधान कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
![]()
प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ६ को प्रथम अधिवेशनमा संबोधन गर्दै उनले संविधान संशोधन र देश निर्माणको भूमिकामा पत्रकारको दायित्व कहिल्यै पनि नसकिने बताए ।
सञ्चारमन्त्री कार्कीले संविधान संशोधनको पाटोमा सबैले सघाउनु पर्ने आवश्यकता औँल्याए । उनले एउटा पार्टीले गरेका क्रियाकलापको अर्को पार्टीले आलोचना र खण्डन गरेर उपलब्धि नहुने भन्दै संविधान संशोधनका लागि प्रतिपक्षसँग सरकारलाई सघाउन आग्रह गरे ।
उनले पत्रकारले आफ्नो पार्टी निकट रहेर नभई सत्यतथ्य कुरालाई लेख्नुपर्ने भन्दै कुनै पनि सङ्गठनमा गैरपत्रकारलाई सदस्यता दिनु नहुने धारणा राखे । उनले श्रमजीवि ऐन सरकारी मिडियामा लागू भइसकेको र अब अन्य मिडियामा तत्काल लागू हुने बताए ।
Facebook Comments Box