काठमाण्डाैं । साइकल, रिक्सा अथवा ठेलागाडा चलाउँदै हुनुहुन्छ ? यदि हो भने तपाईले पनि अब सम्पूर्ण ट्राफिक नियम पालना गर्नुपर्नेछ। सडकमा ट्राफिक नियम मिच्नुभयो भने तपाई पनि कारबाहीमा पर्नुहुनेछ।
संशोधन भएर आउन लागेको सवारी तथा यातायात व्यवस्था ऐनमा दर्ता नभईकन सञ्चालनमा आउने साइकल, रिक्सालाई पनि ट्राफिक नियमको पालना गर्नुपर्ने वाध्यात्मक व्यवस्था हुन लागेको छ।
यदि त्यस्ता साधानले नियम उल्लंघन गरेमा अन्य चार पांग्रे सवारी चालकलेजस्तै सजाय भोग्नुपर्ने व्यवस्था ऐन संशोधनमा प्रस्ताव गरिएको छ।
ऐनमा साइकल, रिक्सा तथा ठेलागाडा दर्ता गर्नु नपर्ने, ऐन बमोजिम चालक अनुमतिपत्र लिनु नपर्ने व्यवस्था छ। त्यो व्यवस्था भने यथावत रहनेछ। त्यस्तै दर्ता नहुने ति सवारी चलाउनेले ट्राफिक संकेतको पालना गर्नु पर्ने सम्वन्धमा अहिले स्पष्ट व्यवस्था छैन।
तर संसदमा दर्ता भइसकेको संसोधनमा भने त्यस्तो संकेतको पालना नगरे सजाय किटान गरिएको छ। ऐनको धारा १७४ मा गरिएको उक्त संसोधन प्रस्तावमा ऐन बमोजिम दर्ता गर्नु नपर्ने वा चालक अनुमतिपत्र लिनु नपर्ने अवस्थाका सवारीको रुपमा प्रयोग हुने साईकल, रिक्सा, ठेला जस्ता साधन चलाउँदा निर्धारित ट्राफिक संकेतको पालना गर्नु पर्ने बाध्यात्मक व्यवस्था गरेको छ।
त्यस्तै सवारीको नाम उल्लेख गरेको ऐनमा निर्धारित नियम उलंघन गरेमा अरु साधनको जस्तै दण्ड, जरिवानाको व्यवस्था गरिएको छ।
यसरी अब साइकल, रिक्सा तथा ठेला चालकको कमजोरीको कारण कसैको ज्यान गएमा त्यस्तो चालकलार्ई एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ।
Facebook Comments Box