बुटवल । प्रदेश ५ को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
गत असोज २ मा बजेट अधिवेशन सकिएकाे थियाे ।
हिउँदे अधिवेशनको पहिलो दिन दलगत रूपमा शुभकामना राख्ने कार्यक्रम रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले बत । यसबाहेक अन्य कार्यसूचीका बारेमा भने कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने पनि उनले बताए ।
प्रदेश ५ काे हालसम्म नाम र राजधानी टुंगाे नलागेकाे अवस्थामा याे अधिवेशनमा उक्त विषय पनि महत्वपूर्ण विषयका रूपमा रहनेछ ।
Facebook Comments Box