काठमाडौं । अन्ततः प्रदेश ३ को राजधानी हेटौंडानै भएको छ। प्रदेश सभा बैठकमा आइतबार राजधानी बनाउने विषयमा भएको मतदानमा हेटौंडा राजधानी कायम गर्न अत्याधिक सांसदले मत दिएपछि राजधानी हेटौंटानै हुने भएको हो। मतदानपछि प्रदेशसभा बैठकले हेटौंडा प्रस्तावलाई बहुमतका आधारमा पारित गरेको हो।
हेटौंडाको पक्षमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राप्रपा, राप्रपा ९संयुक्त०ले मतदान गरेका थिए दिएका थिए।
काभ्रेको धुलिखेल प्रस्ताव राखेको विवेकशीलको प्रस्ताव अस्विकृत भएको छ। राजधानीसंगै प्रदेश ३ को नाम वाग्मती राख्न भने सबै दल सहमत भएका छन्।
Facebook Comments Box