झापा । बिगत केही समय देखि झापामा मोटरसाइकल चोरी गर्ने गिरोहमा संलग्न दुई भारतीय नागरिक सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय झापाको विशेष टोलीले पक्राउ गरि चोरीका मोटरसाइकल सहित उक्त गिरोहलाई सार्वजनिक गरेको छ ।
चोरीका मोटरसाइलक सहित पक्राउ परेको गिरोहलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले बुधवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हाे ।
पछिल्लो समय झापामा मोटरसाईकल चोरी बढेको भन्दै सवारीधनीले प्रहरीमा उजुरी दिन थालेपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको विशेष टोलीले विशेष सुकारीको आधारमा उक्त गिराेहलाई झापाका विभिन्न स्थानबाट पक्राउ गरेकोे हो ।
पक्राउ पर्नेमा झापा चन्द्रगढी–८ हाल भद्रपुर १५ का अशोक राजवंशी, बिर्तामोड–२ का सइदुल शेख, हल्दिरबारी–१ का राम भारती, भद्रपुर–१३ का दिपक राय, भारत दार्जिलिङका जीवन राजवंशी र भारत किसनगञ्जका मोहनद साईदुल रहेको इप्रका बिर्तामोडले जनाएको छ ।
गिरोहसँगै विभिन्न कम्पनीका भारतीय तथा नेपाली नम्बर प्लेट भएका दश थान मोटरसाईकल समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेकालाई अदालतवाट सात दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएकाे छ ।
मोटरसाइकल चोरी हुनेक्रम बढेपछि प्रहरी निरीक्षक मधु थापाको नेतृत्वमा प्रहरीले अनुसन्धानका लागि छुट्टै समिति बनाई खोजीकार्य अघि बढाएको थियो ।