काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेका सातै प्रदेशका लागि सोमबार प्रदेश प्रमुख नियुक्त गरेेेकी छन् ।
नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखहरु नियुक्त गरेेेेकी हुन् ।
नवनियुक्त प्रदेश प्रमुखहरुमा प्रदेश नम्बर–१ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश नम्बर–२ मा तिलक परियार, प्रदेश नम्बर–३ मा विष्णुप्रसाद प्रसाइँ, गन्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर–५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेश प्रमुखमा सर्मीलाकुमारी पन्त रहेका छन् ।
Facebook Comments Box