भद्रपुर, भदाै १९ । तीजकाे लहर चलिरहेकाे बेला, दर खाने लहर पनि उतिकै छ । तर युवा सशक्तिकरण समाज झापाले नेपाली महिलाहरुको विशेष पर्व हरितालिका तीज विशेष कार्यक्रम भिन्न तरीकाले मनाएकाे छ ।
उक्त संस्थाले भद्रपुर वडा नं.८ सगरमाथा चौक स्थित आफ्नो सेवा कार्यालयमा एक कार्यक्रम काे अायाेजना गरि तीज विशेष कार्यक्रममा खाइने मिष्ठान्न पकवान दर खुवाउँदा लाग्ने खर्च सो संस्थाबाटै निशूल्क शिक्षा सहायता कक्षा (फ्रि टियूशन)मा अध्ययनरत पृथ्वी निमावि भद्रपुरका कक्षा ८ मा पढ्ने १८ जना गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई कापी, कलम जस्ता अध्ययन सामाग्रीहरु वितरण गरी मनाएकाे छ ।
उक्त अध्ययन सामाग्रीहरु विद्यार्थीहरुलाई समाजका नि.अध्यक्ष विकास तामाङ्ग, सचिव साजन सुब्बा, सह–सचिव प्रकाश गिरी लगायत सम्पूर्ण संस्थापक सदस्यहरुले विद्यार्थीहरुको अध्ययनमा प्रगतिको शुभकामना सहित सामुहिक हस्तान्तरण गरेका थिए ।