नेपालगन्ज । नेपालगन्जको धम्बोजी चोकमा पूर्व स्वर्गीय राजा बीरेन्द्रको शालिक राख्न खोजेपछि झडप भएको छ ।

हिन्दुवादी र राजावादीको समूहले नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्व राजा वीरेन्द्रको सालिक राखेपछि प्रहरीले लाठिचार्ज गरेको छ । बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । लाठीचार्जपछि तनावपूर्ण बनेको नेपालगञ्जको अवस्था अहिले भने सामान्य भएको छ । २०६२÷ ०६३ को जन आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड गरेर भत्काइएको स्वर्गीय राजा वीरेन्द्रको शालिक राष्ट्रवादी युवाहरूको समूहले बिहीबार पुनः नेपालगन्जको धम्बोझी चोकमा राखेपछि तनाब भएको हो ।
नेपालगञ्जका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थका अनुसार अहिले प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा राखेको छ।
Facebook Comments Box