झापा । चन्द्रगढीको विरेन्द्र उच्च माविमा नेपाल तामाङ विद्यार्थी घेदुङको संगठन विस्तार गरिएको छ ।
अञ्जली स्याङ्बोको अध्यक्षतामा १३ सदस्यीय इकाई समिति विस्तार गरिएको हो । समितिको उपाध्यक्षमा आरती मोक्तान, सचिवमा दानियल तामाङ, सह–सचिवमा रुपा स्याङबो, कोषाध्यक्षमा अनिता पाख्रिन रहेका छन् ।
सदस्यहरुमा निशा तामाङ, आकृति तामाङ, संजीव मोक्तान, अविषेक मोक्तान, अन्जु तामाङ, मिना तामाङ, सकुन तामाङ र बन्दना तामाङ रहेका छन् ।
कार्यक्रममा नेपाल तामाङ विद्यार्थी घेदुङ झापाका सचिव रोशन मोक्तान, सह सचिव चन्दा मोक्तानको आतिथ्यता रहेको थियो भने जिल्ला सचिवालय सदस्यद्वय विशाल थिङ र मनिष पाख्रिन लगायतको उपस्थिति रहेको थियो ।
Facebook Comments Box