विराटनगर । बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई प्रदेश १ सरकारले प्रति मृतक २ लाख रुपैयाँ दिने भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको बैठकले मृतक परिवारलाई २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
साथै घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने र नीजि अस्पतालमा ५० हजार रुपैयाँसम्मको उपचार खर्च व्यहोर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिलला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।
विपतमा परेकालाई १ लाखसम्मको आर्थिक सहयोग गर्ने कार्यविधि भएको भए पनि मन्त्रिपरिषद्को बैठकबाट थप एक लाख दिने निर्णय गरिएको उनले बताए ।
Facebook Comments Box