भदौ १२, काठमाडौं । पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन भएको छ ।खपाङ्गीको उपचारको क्रममा राजधानीको बाँसवारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।
पिसावमा समस्या देखिएपछि खपाङ्गीलाई शनिबार अस्पताल लगिएको थियो । अस्पतालबाट उपचार गरि घर लगिनुभएका खपाङगीको स्वास्थमा पुनः समस्या देखिएपछि न्यूरो अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा खपाङ्गीको राति १० बजेर २२ मिनेटमा निधन भएको हो ।
खपाङ्गी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनको समयमा २०५९ साल भदौ २२ गते ८ महिनासम्म महिला, बालबालिका तथा समाजकल्याण मन्त्री हुनुभएको थियो।
नेकपा मालेबाट राजनीति शुरू गर्नुभएका खपाङ्गी पार्टी परित्याग गरि राष्ट्रिय जनमुक्ति पार्टीका सँस्थापक महासचिब हुँदै हाल लिवरल डोमेक्रयाटिक पार्टीको अध्यक्ष हुनुहुन्थ्यो । जनजातिहरूको हक अधिकारकार लागि संघर्षरत स्वर्गीय खपाङ्गीलाइ जनजातिहरूले अग्रणी नेताका रूपमा लिन्छन् ।