पर्यटन, कृषि र पुर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ४१ करोड रुपैयँँको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा वैठकमा ३६ अर्ब ४४ बजेट ६८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेश ५ को बजेटले अघिल्लो वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुलाई प्राथमिकता दिएको छ ।
बजेटमा संसद विकास कोष समावेश गरिएको छैन । तर सांसदहरुसँग माग गरेका शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका ६ वटा योजनालाई समावेश गरेर हरेक सांसदले ६० लाख रुपैयाँ बराबरका योजना पाउने बजेटमा उल्लेख छ ।
Facebook Comments Box