सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६-०७७ का लागि ३४ अर्व ३५ करोड ३४ लाख २५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।
कर्णाली प्रदेश सरकारको तर्फबाट आइतबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट सार्वजनिक गरेका हुन्।
सरकारले चालुतर्फ १३ अर्ब पाँच करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँ विनियोजन गरेको हो।
यस्तै प्रदेश सरकारले छोरी जन्मिएको अवसरमा बैंक खाता सञ्चालन गरिदिने भएको छ।
सरकारले ‘बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको’ कार्यक्रम सञ्चालन गर्ने भएको हो। जसका लागि सात करोड रुपैयाँ विनियोजन गरिएको छ। छोरीको जीवन सुरक्षामा सहयोग पुग्ने गरी प्रदेशले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो।
Facebook Comments Box