धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७६-७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको छ ।
आईतबारको प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले अगामी आर्थिक बर्षका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।
चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख ६४ हजार र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार बजेट विजियोजन गरिएको छ । प्रदेश सरकारले कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।
Facebook Comments Box