आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेशले ३२ अर्ब १३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिलामन्त्री किरण गुरुङले प्रदेशसभा बैठकमा आज ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् ।
गण्डकी प्रदेशले चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख रुपैयाँ र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० रुपैयाँ विनियोजन गरेको छ ।
बजेटमा चालु आवमा निर्णय सुरु भएका सडक र पुललाई क्रमागत रुपमा निर्माण गर्दै लैजान ८ अर्ब १८ करोड छुट्याइएको छ । मुख्य प्रशासनिक केन्द्र, प्रदेशसभा भवन, प्रदेश प्रशिक्षण प्रतिष्ठान र प्रमुख पदाधिकारी आवास निर्माण यसै वर्ष सुरु गर्ने गरी १ अर्ब ७० करोट बजेट विनियोजन गरिएको छ ।
यस्तै निर्वाचन क्षेत्र पूर्वाधार जिकास कार्यक्रमका लागि ७२ करोड विनियोजन गरिएको छ ।
Facebook Comments Box