भक्तपुर । भक्तपुरको नगरकोट–५, चरेलीबाट जन्ती लिएर जाँदै गरेको बस दुर्घटना हुँदा ४९ जना घाइते भएका छन्।
जन्ती लिएर कोटश्वर जाँदै गरेको बा ४ ख १९०५ नम्बरको बस नगरकोट–५, सुडालको राय टोलमा दुर्घटना हुँदा ४९ जना घाइते भएको डिएसपी शेखर खनालले जानकारी दिए। घाइते सवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइतेहरुको मध्यपुर अस्पताल थिमि र भक्तपुर अस्पताल र अर्थोपेडिक अस्पताल भक्तपुरमा उपचार भइरहेको छ।
Facebook Comments Box