जनकपुर । प्रदेश २ सरकारले आइतबार साँझ बारा र पर्सा लगायतका जिल्लामा हावाहुरीका कारण ज्यान गुमाएकाका परिवारलाई तत्काल तीन लाख रुपैया उपलब्ध गराउने निर्णय गरेकाे छ।
साेमबार बिहान बसेकाे प्रदेश सरकारकाे मन्त्रीपरिषद बैठकले जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै मृतकका परिवारलाई राहत स्वरुप तत्कालका लागि तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हाे ।
यस्तै घाइतेहरुको उपचार खर्च पनि प्रदेश सरकारले बेहोर्ने निर्णय गरेकाे छ । हावाहुरीबाट हालसम्म २७ जनाकाे ज्यान गइसकेकाे छ भने सैयाैं घाइते भएका छन् ।
Facebook Comments Box