काठमाडौँ – प्रदेश नम्बर २ मा आपतकालीन मन्त्रीपरिषद बैठक बस्दैछ ।
आइतबार साँझदेखि अचानक आएको हावाहुरीका कारण बारा तथा पर्सामा ठूलो संख्यामा जनधनको क्षति भएपछिको अवस्थाबारे निर्णय लिन प्रदेश नम्बर २ मा आपतकालीन मन्त्रीपरिषद बैठक बस्न लागेकाे हाे । बैठकले मृतकका परिवारलाई राहत, घाइतेको उपचार तथा भत्किएका घर पुनर्निर्माणसहितका विषयमा निर्णय लिनेछ ।
आइतबार बेलुका आएको हावाहुरीका कारण बारामा कम्तिमा २६ तथा पर्सामा एकजनाको ज्यान गएको पुष्टि भएको छ । पाँच सयजना भन्दा बढि घाइते भएकोमा दुई सय बढि उपचारपछि घर फर्किएका छन् । तीन सय ४० जना भन्दा बढिको उपचार भइरहेको छ ।
Facebook Comments Box