विराटनगर । प्रदेश १ सरकारले प्रदेश लोकसेवा आयोग गठनका लागि विधेयक निर्माण गर्न सैद्धान्तिक स्विकृति दिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लोकसेवा आयोग गठनका लागि बाटो खोलेको हो ।
त्यस्तै, प्रदेश सरकारले आफ्नै वार्षिक क्यालेन्डर बनाउने निर्णय पनि गरेको छ । बैठकमा होली पर्वका अवसरमा झापा जिल्लामा दिइँदै आएको बिदालाई सच्याउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
संघीय सरकारले झापा जिल्लामा पहाडी जिल्लामा दिइने दिननै होली पर्वको बिदा दिँदै आएको छ । तराईको जिल्ला झापामा होलीको बिदा पहाडमा दिइने दिनमै दिँदा होलीको रौनक नभएको जनस्तरबाटै गुनासो हुँदै आएको छ ।
Facebook Comments Box