जनकपुर- सोनाम ल्होसार पर्वको उपलक्ष्यमा माघ २२ गते प्रदेश २ मा सार्वजनिक बिदा हुने भएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पर्वको उपलक्ष्यमा माघ २२ गते प्रदेश २ मा सार्वजनिक बिदा गर्ने बताएका हुन्।
पर्साको ठोरी गाउँपालिका–५ बाघमोर्चामा आयोजित सांस्कृतिक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री राउतले २८५५औं सोनाम ल्होसारका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने बताएका हुन्।
Facebook Comments Box