भद्रपुर । झापाकाे भद्रपुरकाे एक सिमेन्ट उद्याेगमा कार्यरत म्यानेजरकाे हत्या भएकाे छ ।
भद्रपुर नगरपालिका ९ मा रहेकाे मनषा सिमेन्ट उद्याेगमा काम गर्ने अन्दाजी ६५ वर्षका म्यानेजर कमल सिंह दुगडकाे हत्या भएकाे हाे ।
भारतकाे विशाखापटनाका उनी दुईवर्षदेखि उक्त सिमेन्ट उद्याेगमा म्यानेजरकाे रुपमा कार्यरत थिए ।
हात-खुट्टा बाँधेर, सिरानीले घाँटी थिचेर उनकाे हत्या भएकाे हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएकाे जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र श्रेष्ठले खबरमञ्चलाई बताए ।
“आजकाे घर जाने टिकट रहेछ, उद्योगका चालकले भारत छाड्ने भनी बोलाउन आउँदा उनको शव ओछयानमा लडेको देखेपछि हामीलाई खबर भयाे,”उनले भने ।
प्रहरीले घट्नाकाे अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुरसहितको टोली मगाएकाे छ ।
Facebook Comments Box