कपिलवस्तु । दुर्गा मूर्ति बिसर्जनका क्रममा भएको विवाद समाधान नभएपछि कपिलवस्तुको कृष्णनगर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएकाे हाे । त्यस क्षेत्रमा घर बाहिर निस्कन, आवत जावत गर्न, भेला हुन, जुलुस निकाल्न राेक लगाइएकाे छ ।
प्रशासनले कृष्णनगर नगरपालिकाको पूर्वमा सेमरा गाँउ, पश्चिममा झण्डेनगर सिर्सिहवा चाेक, उत्तरमा कृष्णनगर नगरपालिका १ शिवनगरको बढया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
Facebook Comments Box