बिर्तामोड । नेपाल तामाङ विद्यार्थी घेदुङ दमक बहुमुखी क्याम्पस इकाई समिति गठन भएको छ ।

सुजन मोक्तानको अध्यक्षतामा ११ सदस्यीय इकाई समिति गठन गरिएको हो । उपाध्यक्षमा नविना पाख्रिन, सचिवमा सन्तबहादुर बमजन,
सह–सचिवमा कविता बल, कोषाध्यक्षमा सञ्चिता तोइसाङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा रश्मि बमजन, अशेष योञ्जन, पेमा घिसिङ, सोनाम घिसिङ, साहिल योञ्जन, रिधन ग्लान रहेका छन् ।
कार्यक्रममा नेपाल तामाङ विद्यार्थी घेदुङ झापाका अध्यक्ष हैकम घिसिङ, उपाध्यक्ष निमा गोले, जिल्ला सदस्य प्रकृति घिसिङलगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन रोशन मोक्तानले गरेका थिए ।
विद्यार्थी घेदुङ झापाको संगठन विस्तारकै क्रममा धुलाबारी बहुमुखी क्याम्पसमा पनि निरु योञ्जनको अध्यक्षतामा १३ सदस्यीय इकाई समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा शिशिर गोङ्बा, सचिवमा सुरेन्द्र ङारदेन, सह–सचिवमा दिक्षा स्याङ्बो, कोषाध्यक्षमा सुदिप योञ्जन रहेका छन् । सदस्यहरुमा राज कुमार योञ्जन, सोनाम ठोकर, बिबा पाख्रिन, कोपिला सिङदन, चन्द्रकला पाख्रिन, बिनिता मोक्तान, अमिरा मोक्तान र पासाङ योञ्जन रहेका छन् ।
कार्यक्रममा नवगठित कार्य समितिलाई बधाई तथा कार्यसफलताको शुभकामना दिँदै तामाङ जातिको भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण गर्न झापाभरी छरिएर रहेको तामाङ विद्यार्थी एक हुनुपर्ने अध्यक्ष हैकम घिसिङले बताए ।