कैलाली । प्रदेश नं ७ को सरकारले विभिन्न चार विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमतिका लागि स्वीकृति प्रदान गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय धनगढीमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्वास्थ्य सेवा व्यवस्थापन तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश आयुर्वेद प्रतिष्ठानसम्बन्धी विधेयक र बालअधिकार विधेयक मस्यौदा २०७५ लाई स्वीकृति प्रदान गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए।
बैठकले गत साउन १० गते कञ्चनपुरमा घटेको १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको विश्वसनीय अनुसन्धान एवं छानबिन प्रक्रियालाई थप प्रभावकारी तुल्याउन प्रदेश सरकारले प्रधानमन्त्री र गृहमन्त्रीसँग समन्वय गरिसकेको प्रदेश सरकारका प्र्रवक्तासमेत रहनुभएका मन्त्री शाहले बताए ।