दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले वर्तमान सरकार देशको समृद्धि, न्याय तथा जनअधिकारप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रेस चौतारी र प्रेस सेन्टर दाङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकको आर्थिक समृद्धिका लागि सरकार निरन्तर लागिपरेको भन्दै जनताका अधिकारलाई सुनिश्चित गर्दै जाने उल्लेख गर्नुभयो ।
मन्त्री पोख्रेलले देशमा अस्थरिता चाहनेले सरकारले गरेका राम्रा कामको विरोध गरेको बताउँदै जनतामा निराशाको हल्ला फिँजाएर आफू राम्रो बन्न खोजेको आरोप लगाउनुभयो ।
करको विषयलाई लिएर सरकारको अनावश्यक आलोचना भइरहेको भन्दै उहाँले निम्न आय भएकाका लागि सरकारले करमा छुट दिएको र शिक्षा, स्वास्थ्यजस्ता विषयमा कर नै नलगाएको स्पष्ट पार्नुभयो ।
Facebook Comments Box