पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सीमित स्रोत साधनको अधितकतम प्रयोग गरेर जनतालाई गुणस्तरीय एवं छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत पोखरामा स्थापना गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयको आज यहाँ उद्घाटन गर्दै उनले निर्देशनालयको स्थापनाले संघीयता कार्यान्वयनमा जोड पुगेको वताए ।
गण्डकी प्रदेशको पहिलो निर्देशनालयका रुपमा स्थापना भएको प्रसङ्ग उल्लेख गर्दै उनले अस्पतालको सञ्चालन र व्यवस्थापनका लागि प्रदेशको मातहतमा दिइनुपर्ने माग समेत गरे । पोखरा विज्ञान प्रतिष्ठान संघीय सरकारले नभई प्रदेश सरकारको जिम्मामा हुनुपर्ने बताउँदै उनले स्थानीय तहको जिम्मामा रहेको आधारभूत स्वास्थ्य सेवा व्यवस्थापन र परिचालन गर्न चुनौती रहेकामा जोड दिए । रासस
Facebook Comments Box