भद्रपुर । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय समिति झापाको पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थी महासंघका निवर्तमान जिल्ला अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाका अध्यक्ष पारसमणि राईको अध्यक्षतामा बसेको भेलाले हैकम घिसिङको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको हो ।
त्यसैगरी उपाध्यक्षमा सुसान राई, सचिवमा सागर लिम्बु, सह–सचिवमा सुजन मगर, कोषाध्यक्षमा इनु सुनुवार , सदस्यहरुमा सन्देश भुजेल, कुशल मेचे, प्रदीप राजवंशी र राम सोरेन रहेका छन् ।
कार्यक्रममा लाहुर्निप क्षेत्रिय प्रमुख मकवान सुब्बा, नेफिन जिल्ला सदस्य सन्तकुमारी मुखियाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन नेफिन जिल्ला सह–सचिव विरेन मेचेले गरेका थिए ।
आदिवासी जनजातिहरु आफ्नो हक अधिकार सुनिश्चितताका निम्ति, भाषा, धर्म, संस्कार संस्कृति र पहिचान संरक्षणका निम्ति एकपटक लड्नैपर्ने नेफिन अध्यक्ष पारसमणी राईले बताए ।
त्यसैगरी झापाली आदिवासी जनजाति विद्यार्थीहरुलाई संगठित गर्दै हरेक क्याम्पसमा इकाइ कमिटि विस्तार गर्ने, संगठन जिल्लाव्यापी रुपमा विस्तार गर्ने र आगामी मंसीर सम्ममा बृहत् अधिवेशन गर्ने नवगठित विद्यार्थी महासंघ झापाका अध्यक्ष हैकम घिसिङले बताए ।