कैलाली । प्रदेश नम्बर–७ को स्थायी राजधानी र नामाकरणका लागि प्रदेशसभाले विशेष सुझाव समिति गठन गरेको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकबाट प्रदेशसभा सदस्य तारा लामा तामाङको संयोजकत्वमा पाँच सदस्यीय सुझाव समिति गठन गरिएको हो ।
समितिमा प्रदेशसभा सदस्यहरु प्रेमप्रकाश भट्ट, बलदेव रेग्मी, श्यामलाल राना र चुनकुमारी चौधरी सदस्य रहेका छन् ।
समितिमा रहेका राना नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद हुन् भने अरु सबै नेकपाबाट निर्वाचित सांसद हुन् ।
समितिलाई यही साउन २१ गतेभित्र सरोकारवाला सबै पक्षसँग छलफल गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको सभामुख अर्जुनबहादुर थापाले बताए ।
प्रदेश–७ को अस्थायी राजधानी हाल कैलालीको धनगढीमा रहेको छ ।
Facebook Comments Box