पोखरा । प्रदेश नम्बर ४ को नाम गण्डकी राखिएको छ । शुक्रबार बसेको उक्त प्रदेशको संसद बैठकले उक्त नाम माथिको प्रस्तावलाई बहुमतले पारित गरेको हो । मतदानमा ५६ मध्ये ५४ जनाले गण्डकीको पक्षमा मत हालेका थिए ।
उक्त प्रदेशको नाम तमुवान राखिनुपर्ने माग उठेको थियो । गण्डकी नामको विपक्षमा केबल २ जना मात्रै सांसद उभिएका थिए ।
नयाँ शक्तिका सांसदहरु हरिशरण आचार्य र धनमाया लामाको मात्रै यो नाममा असहमति जनाएको बताइएको छ ।
Facebook Comments Box